Main News

एक हजार नेपालीमा चीनले बनाएको कोरोनाविरुद्धको खोप परीक्षणको तयारी

हिमालय टिभी
२०७७ भदौ १० गते १२:४४
एक हजार नेपालीमा चीनले बनाएको कोरोनाविरुद्धको खोप परीक्षणको तयारी

१० भदौ, २०७७ काठमाडौं । चीन सरकारले बनाएको भ्याक्सिन नेपालका एक हजार जनामा परीक्षण गर्ने तयारी गरिएको छ ।

सरकारले विभिन्न देशमा बनेका भ्याक्सिनको तेस्रो चरणको परीक्षणको अनुमति दिएसँगै एक हजार जनामा चिनियाँ भ्याक्सिन परीक्षण गर्ने तयारी गरिएको नेपाल स्वास्थ्य अनुसन्धान परिष्दाद्ले जनाएको छ ।

कोरोनाविरुद्धको खोप उत्पादन गरेका विश्वका ७ वटा कम्पनी क्लिनिकल ट्रायलको तेस्रो चरणमा पुगेका छन् । ७ वटा कम्पनीमध्ये तीनवटा कम्पनीसँग परिषद्ले छलफल चलाएको थियो ।

नेपालमा रसिएन कम्पनी्, चीनको होङ्सी कम्पनी र युकेको अक्सफोर्ड युनिभर्सिटी ग्रुपले क्लिनिकल परीक्षणको इच्छा देखाएको छ ।

परराष्ट्र मन्त्रालय र स्वास्थ्य मन्त्रालय मार्फत चिठी प्राप्त पठाएसँगै परिषद्ले यी कम्पनीका भ्याक्सिनको अनुसन्धानका विषयमा नेतृत्व लिने,सम्भाव्यता र अध्ययन अनुसन्धान कुरा गर्ने जिम्मेवारी लिएको परिषद्का सदस्य सचिव डाक्टर प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।

अक्सफोर्डले उत्पादन गरेको भ्याक्सिनको लागि त्यहाँका वैज्ञानिकसँग विश्व स्वास्थ्य संगठनको पहलमा परिषद्ले छलफल गरिरहेको उहाँको भनाई छ ।

रशियाले बनाएको भ्याक्सिनका विषयमा रशियन राजदुतसँग कुरा भइसकेको सचिव ज्ञवालीले बताउनुभयो । रशियालाई नेपालमा क्लिनिक ट्रायल गर्न तयार रहेको भनि भ्याक्सिन दिन आग्रह गर्दै पत्र समेत पठाइसकिएको छ ।

यी सबै औषधीको क्निकल ट्रायलको लागि औषधी व्यवस्था विभागले स्विकृति दिनुपर्नेछ । विभागले स्विकृति दिएसँगै अन्तराष्ट्रिय मान्यता अनुसार, काम अगाडि बढ्ने परिषद्ले जनाएको छ । यी सबै क्निकल ट्रायल इच्छुक व्यक्तिमा गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *