Main News

भदौ १७ गतेदेखि दैनिक दुई अन्तर्राष्ट्रिय उडान गर्ने तालिका सार्वजनिक

हिमालय टिभी
२०७७ भदौ १० गते ८:०७
भदौ १७ गतेदेखि दैनिक दुई अन्तर्राष्ट्रिय उडान गर्ने तालिका सार्वजनिक

१० भदौ, २०७७ काठमाडौं । सरकारले भदौ १७ गतेदेखि दैनिक दुई अन्तराष्ट्रिय उडान गर्ने गरी तालिका सार्वजिनक गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ १७ गतेदेखि उडान सुरु गर्ने गरी नागरिक उड्डयन मन्त्रालयले तालिका सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार, भदौ १७ देखि असोज १४ सम्ममा ६० वटा नियमित उडान हुने भएका छन् भने २७ वटा चार्टर उडान हुने छन् । मन्त्रालयले नियमित उडानतर्फ मलेसियाको मालिन्दो एयर तथा मलेसियन एयरलायन्स, टर्किको टर्किस एयरलायन्स, हङकङको क्याथे ड्रयागन, कोरियाको कोरियन एयर, चीनको चाइना साउर्दन, एयर चाइना, साउदी अरबको एयर अरेबिया, कतारको कतार एयरवेज र दुबईको फ्लाई दुबई गरी १० वटा वायुसेवालाई उनीहरुका गन्तव्यबाट नियमित उडान भर्न अनुमति दिएको छ ।

त्यस्तै, स्वदेशी वायुसेवातर्फ नेपाल वायुसेवा निगमलाई जापानको नारिता, दुबई, मलेसिया र हङकङ उडानको अनुमति दिएको छ । अर्को हिमालय एयरलायन्सलाई चीनको छोङकुइन, मलेसिया र आबुदाबीमा उडानको अनुमति दिइएको छ ।

यो एक महिनाको अवधिमा १० वटा विदेशी र दुईटा नेपाली गरी १२ वटा वायुसेवाले ६० वटा उडान गर्ने छन् । सरकारले दैनिक ५ सयसम्म मात्रै यात्रु ल्याउन दिने कोटा तोकेकाले यो तालिका हेरफेर हुन सक्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *