Main News

विप्लव समूहका नेता चन्द रिहा भएलगत्तै पक्राउ

हिमालय टिभी
२०७७ भदौ १० गते ८:०४
विप्लव समूहका नेता चन्द रिहा भएलगत्तै पक्राउ

१० भदौ, २०७७ काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रिय सदस्य तथा मध्यपश्चिम ईन्चार्ज चन्द्रबहादुर चन्द साधारण तारिखमा रिहा भए लगतै पुनः पक्राउ गरिएको छ ।

हातहतियार तथा सांगठनिक अपराध लगायतका मुद्धामा पक्राउ परेका चन्दलाई जिल्ला अदालत भोजपुरले ६० हजार धरौटीमा रिहा गरेको थियो ।

फैसला गरे पनि चन्दले धरौटी बुझाउन नसकेपछि कारगार चलान गरिएको थियो । सर्वोच्च अदातलमा गैरकानुनी रुपमा कारगार चलान भएको प्रतिबन्दि प्रत्यक्षी करणको रिट परेपछि न्यायाधीशहरु दीपक कार्की र प्रकाशमान सिंह राउतको आदेशमा बिना धरौटी रिहा गरिएको जिल्ला अदालत भोजपुरले जनाएको छ ।

भोजपुरबाट रिहा हुने वितिकै चन्द विरुद्ध संखुवासभामा पनि हातहतियार तथा सांगठानिक अपराध सम्बन्धि नै मुद्धा रहेकोले पुनः पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । चन्दलाई साउन १५ गते काभ्रेबाट नियन्त्रण लिएर भोजपुर पुर्याइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *