Main News

चितवनमा थप ४४ जनाका कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ भदौ १० गते ७:५८
चितवनमा थप ४४ जनाका कोरोना संक्रमण पुष्टि

१० भदौ, २०७७, चितवन । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका ४० सहित ४४ वनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड ल्याबमा गएराति गरिएको परीक्षणअनुसार ३६ जना संक्रमित भरतपुर महानगरपालिकाका छन् ।

भरतपुर महानगरपालिकामा २० महिला र १६ पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरु ५ देखि ५४ वर्ष उमेर समूहका छन् । यसैगरी रत्ननगर नगरपालिकामा ३ जना र खैरेनी नगरपालिकामा १ जनामा कोरोना पुष्टि भएको छ ।

रत्ननगर नगरपालिकामा २ महिला तथा १ पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरु २४ वर्षदेखि ७१ वर्ष उमेर समूहका छन् । यसैगरी खैरेनी नगरपालिकामा २६ वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

भरतपुर अस्पतालको कोभिड ल्याबमा गएराति नै गरिएको परीक्षणमा नवलपुर, रुपन्देही, तनहुँ र धनुषाका १–१ जनामा कोरोना पुष्टि भएको ल्याब प्रमुख डा। नीतु अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *