Main News

भाग्यमानी उपेन्द्र कोइरालाः पटक पटक नियुक्ति, के छ त्यस्तो योग्यता ? भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ ९ गते १९:५१
भाग्यमानी उपेन्द्र कोइरालाः पटक पटक नियुक्ति, के छ त्यस्तो योग्यता ? भिडियोसहित)

९ भदौ, २०७७ काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल फेरि विवादमा तानिनुभएको छ । यसपटक पोखरेलमाथि सम्धीलाई राष्टिय वाणिज्य बैंकको अध्यक्ष बनाउन खोजेको आरोप लागेको छ ।

सम्धी उपेन्द्र कोइरालालाई अध्यक्ष बनाउनकै लागि बैंकको संचालक समितिमा नियुक्त गरिएको छ । चाख लाग्दो कुरा के छ भने कोईराला पटक पटक नियुक्ति पाउने व्यक्ति हुनुहुन्छ । उहाँलाई एउटा नियुक्तिको कार्यकाल सके लगत्तै अर्को नियुक्ति हात लाग्ने गरेको छ ।

देशको एकमात्रै पूर्ण सरकारी स्वामित्वको बैंक हो राष्ट्रिय वाणिज्य बैंक । र, यो बैंकमा अहिले अध्यक्ष खालि छ । अध्यक्ष निर्मलहरि अधिकारीलाई सरकारले राजश्व बोर्डमा पठाएपछि बैंक नयाँ अध्यक्षको पर्खाईमा छ । हो यही बैंकको अध्यक्ष आप्ना सम्धि उपेन्द्र कोईरालालाई बनाउन लागेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलमाथि आरोप छ ।

बैंकका सञ्चालक मध्येबाटै अध्यक्ष चुन्नु पर्ने व्यवस्था छ । त्यही भएर कोईरालालाई नेपाल सरकार मन्त्रिस्तरको निर्णयले सोमबार बैंकको सञ्चालकमा नियुक्त गरिएको छ । बैंकको सञ्चालकमा अर्थमन्त्रालयका सहसचिव धनीराम शर्मा, जनककुमार बराल, प्राध्यापक डाक्टर राजनबहादुर पौडेल, रोमिला ढकाल उप्रेती र प्राध्यापक माधवप्रसाद दाहाल हुनुहुन्छ । तर कोइरालाललाई नै अध्यक्ष बनाउने गरी नियुक्त गरिएको छ ।

यो सबै उपप्रधानमन्त्री पोखरेलको जोडबलमा भएको बताईएको छ । अध्यक्षको चयन सञ्चालक समितिको निर्णयबाट गर्ने व्यवस्था अनुसार अब बुधबार बस्ने सञ्चालक समितिको बैठकले कोइरालालाई अध्यक्ष चयन गर्ने तयारी छ ।

तर सम्धिलाई राष्टिय बाणिज्य बैंकको अध्यक्ष बनाउने उपप्रधानमन्त्री पोखरेलको कदम निकै विवादमा परेको छ । सामाजिक सञ्जालमा यो विषयलाई लिएर कडा टिप्पणीहरु भैरहेका छन ।

यसलाई कतिपयले राजनीतिक आडमा लुटनै ठानेका छन् । र, राजनीतिक दलका नेता र मन्त्रीको नाता हुनुनै योग्यता हो त भन्ने गम्भीर प्रश्न उठाएका छन ।

सामाजिक सञ्जालमा उठेका टिप्पणीलाई आधार मानेर हेर्ने हो भने प्रश्न गर्ने प्रशस्त ठाउँ छ । एउटै व्यक्तिले पटक पटक नियुक्ति पाउने आधार र कारण के हो ? किनकी यसपटक उपप्रधानमन्त्री पोखरेलको सम्धि भएकैले नियुक्ति पाएको भनिएका कोईरालाको यो पहिलो राजनीतिक नियुक्ति भने होईन, पटक पटक नियुक्ति पाउने भाग्य मानी हुनुहुन्छ उहाँ । ईश्वर पोखरेलको सम्धि भएको केही वर्ष मात्रै भएका कोईरालाको नियुक्तिको लामै सूचि छ । अझ भनौं खालि बस्नुनै परेको छैन ।

को हुन कोईराला ? केके पाए नियुक्ति ?

कोइरालाका यसअघिका नियुक्ति र काम पनि विवादित छन् । कोईरालाको नियुक्ति पाउने क्रम २०५१ सालदेखि शुरु भएको देखिन्छ । नेकपा एमालेको सरकार हुँदा २०५१ सालमा खाद्य संस्थानको महाप्रवन्धक भएका कोईराला पछि महेन्द्र मोरङ क्याम्पसको क्याम्पस प्रमुख बन्नुभयो ।

त्यसपछि पनि कोइरालाले खाली बस्नु परेन एमाले सरकार बन्ने वित्तिकै कोइरालाको पालो हाईहाल्थ्यो । अहिलेका रक्षामन्त्री पोखरेल वाणिज्य तथा आपुर्ति मन्त्री बनेका बेला कोइराला नेपाल आयल निगमको कार्यकारी अध्यक्ष नियुक्त हुनुभयो । यो ०५८ सालको कुरा हो । त्यसपछि पनि कोइरालाले खालि हात बस्नु परेन । २०६२–६२ पछि कोइराला उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्षमा नियुक्त हुनुभयो ।

त्यसबेला गुणस्तरहीन उत्तर पुस्तिका खरिद गरेर भ्रष्टाचार गरेको आरोप लाग्यो कोइरालामाथि । सार्वजनिक लेखा समितिले छानविन गरेपछि कोइरालाले राजीनामा दिनुभएको थियो । तर पनि नियुक्ति पाउने कोइरालाको क्रम रोकिएन । फेरि उहाँले मध्यपश्चिमाञ्चल विश्व विद्यालयको उपकुलपति पड्काउनुभयो । उपकुलपति हुँदा आर्थिक अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी नै पर्‍यो विश्वविद्यालयमा कोईराला विरुद्ध आन्दोलन नै भयो । विश्वविद्यालयको कार्यकाल सकिएर कोईरालाले केही समय खालि बस्नु पर्यो ।

त्यो अर्को नियुक्ति लागि हो भन्ने प्रष्ट हुन्छ ।तर यहाँ जवाफ दिनुपर्ने सरकारले हो बारम्बार एउटै व्यक्तिले किन नियुक्ति पाउँछ ? उ कसरी ठाउँ ठाउँमा योग्य हुन्छ ? दुर्भाग्य सरकारलाई प्रश्न मन पर्दैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *