Main News

काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउन सिफारिस

हिमालय टिभी
२०७७ भदौ ९ गते १८:२८
काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउन सिफारिस

९ भदौ, २०७७ काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जारी निषेधाज्ञा एक साता थप्न सिफारिस गरेको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु सहभागी बैठकले निषेधाज्ञा भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउन सिफारिस गरेको हो ।

आज बसेको बैठकले गरेको सिफारिसलाई तीनै जिल्लाका सुरक्षा समितिले पनि अनुमोदन गरिसकेका छन् ।

यसअघि भदौ ३ गतेदेखि १० गते मध्यरातिसम्म तीन जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञाका क्रममा अत्यावश्यक कामबाहेकमा पनि मानिसहरुको आवतजावत नरोकिएको भन्दै कडाई गर्ने तयारी पनि प्रशासनको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *