काठमाडौं उपत्यकामा निषेधाज्ञा अवधि थप गर्ने तयारी

९ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा जोखिम न्यूनीकरण गर्न गत बुधबार मध्यरातिदेखि जारी गरिएको निषेधाज्ञाको अवधि थप गर्ने तयारी भएको छ ।
अहिलेसम्मको अवस्थाको समीक्षाल गरी निषेधाज्ञा थप गर्ने निर्णय गर्न काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनको संयुक्त बैठक आज बस्दै छ ।
बैठकले १० गतेसम्म जारी गरिएको निषेधाज्ञाको अवधि बढाउनेबारे निर्णय गर्नेछ । त्यसअघि प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी र उपत्यका भित्रका स्थानीय तहसँग पनि यसबारे संयुक्त रूपमा छलफल गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो ।
हिजो उपत्यका नगरपालिका फोरमले पनि भदौ १५ गतेसम्मका लागि स्थानीय तहबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सबै सेवा स्थगनको निर्णय गरेको थियो ।
फोरमले निषेधाज्ञा भदौ १५ गतेसम्म बढाउन पनि सिफारिस गरेको छ । फोरमको सिफारिस आज प्रशासनसँगको संयुक्त बैठकमा पेस गरिने फोरमले जनाएको छ ।
मर्निङवाक, इभिनिङवाक लगायत विभिन्न बहानामा बाहिर निस्कने क्रम नरोकिएको भन्दै प्रशासनले जथाभावी बाहिर निस्किए बल प्रयोग गर्ने तयारी गरेको छ । एक हप्ताका लागि जारी गरिएको निषेधाज्ञा भोली राति सकिँदै छ ।
प्रतिक्रिया