Main News

विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने नयाँ तालिका सार्वजनिक

हिमालय टिभी
२०७७ भदौ ९ गते ७:५३
विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने नयाँ तालिका सार्वजनिक

९ भदौ, २०७७ काठमाडौं । पर्यटन मन्त्रालयले विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती तथा उद्धार उडानको नयाँ तालिका सार्वजनिक गरेको छ ।

मन्त्रालयका अनुसार आजदेखि दैनिक पाँच सय नेपालीलाई स्वदेश फिर्ती गराउने तालिका सार्वजनिक गरिएको हो । नयाँ तालिकाअनुसार आज साउदी अरेबियाबाट एयर अरेबियाले उडान गर्नेछ ।

यस्तै १० गते आबुधाबीबाट फ्लाई दुबईले उडान गर्ने भएको छ । ११ गते नेपाल एयरलाइन्सले रियादबाट, हिमालयन एयरलाइन्सले दम्मामबाट र टर्किस एयरले इस्तानबुलबाट उडान गर्नेछन् ।

टर्किस र कतार एयरलाइन्सले एक पटकमा एक सय जनाभन्दा बढी यात्रु ल्याउन नपाउने भएका छन् । यसअघि ती एयरलाइन्सले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड मिचेर जहाजभरि यात्रु ल्याइरहेका थिए ।

अहिले मन्त्रालयले ती दुई एयरलाइन्सलाई किटान नै गरी एक सयभन्दा बढी यात्रु नल्याउन निर्देशनसमेत जारी गरेको छ । यस्तै १२ गते नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट, हिमालयनले पनि क्वालालम्पुरबाटै र कतार एयरवेजले दोहाबाट उडान गर्नेछन् । त्यसैगरी भदौ १३ गते सिल्क एयरले अस्ट्रेलिया र कोरियन एयरले कोरियाबाट उडान गर्ने निश्चित भएको छ ।

यस्तै १४ गते नेपाल, हिमालयन र मालिन्दो एयरलाइन्सले क्वालालम्पुरबाट एकसाथ उडान गर्नेछन् । १५ गते नेपालले दुबई र हिमालयनले आबुधाबीबाट उडान गर्ने तालिका सार्वजानिक भएको छ ।

यससँगै भदौ १६ गते नेपाल एयरलाइन्सले कतार र दुबईबाट र हिमालयनले कतारबाट उडान गर्ने तालिका छ । उद्धार उडानका लागि यात्रुहरूले पीसीआर रिपोर्ट ल्याउनुपर्ने, पीसीआर टेस्ट गरेका र नगरेकालाई एकै ठाउँमा राख्न नपाउने, विदेशबाट आउने यात्रुले सात दिन होटल क्वारेन्टाइनमा अनिवार्य बस्नु पर्नेछ ।

पीसीआर परीक्षण सहज नभएका साउदी, कुवेत, कतारलगायत अन्य मुलुकबाट नियमित उडानबाट यात्रु ल्याउन नपाइने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

One thought on “विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने नयाँ तालिका सार्वजनिक

Leave a Reply to ASHOK kumar Yadav Cancel reply

Your email address will not be published. Required fields are marked *