Main News
कोरोना संक्रमितको उपचार गर्ने अस्पतालको बर्गीकरण खारेज
२०७७ भदौ ८ गते १७:१०
८ भदौ, २०७७, काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारका लागि बनाएको अस्पतालको वर्गीकरण खारेज गरेको छ ।
स्वास्थ्य मन्त्रालयले तोकेको तीन तह खारेज गर्दै ४९ वटा अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि तोकेको छ ।
अब ११५ वटा अस्पताललाई स्क्रिनिङका लागि फिभर क्लिनिक चलाउने र ४९ अस्पतालले कोभिडका बिरामीको उपचार गर्ने गरी तोकिएको छ ।
यसअघि अस्पताललाई ती तहमा वर्गीकरण गरिएको थियो । उपचारमा अलमल भएपछि सरकारले नयाँ व्यवस्था गरेको हो ।
यसअघि देशका २३ वटा अस्पताल लेभल ३, १८ वटा लेभल २ र ७ वटालाई लेभल १ भनेर वर्गिकरण गरी कोरोना संक्रमितको उपचार भइरहेको थियो ।
प्रतिक्रिया