चितवन र पोखरामा गरिएको परीक्षणमा २८ कोरोना संक्रमित थपिए
८ भदौ, २०७७ काठमाडौं । चितवन र पोखरामा गरिएको परीक्षणमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भरतपुरस्थित चितवन मेडिकल कलेजको प्रयोगशालामा भएको परीक्षणमा चितवनका १४ जनासहित २० जना संक्रमित थपिएका हुन् । संक्रमित हुनेमा चितवन भरतपुरका १३ तथा खैरहनीका १ जना छन् ।
त्यस्तै नवलपुरका तीन र मकवानपुर, गोरखा र बाराका एक(एक जनामा पनि कोरोना पोजेटिभ देखिएको छ। नयाँ संक्रमितहरु २० देखि ७४ वर्ष उमेर समूहका छन् । चितवन मेडिकल कलेजमा १२० जनाको स्वाब परीक्षण गरिएकोमा २० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
यसैगरी, क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशका पाँच जिल्लामा थप ८ जनामा संक्रमण पुष्टि भएको छ ।
पूर्वी नवलपरासी, तनहुँ र बाग्लुङका २–२ तथा म्याग्दी र स्याङ्जामा १(१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना पुष्टि हुनेको संख्या १ हजार ८ सय ८८ पुगेको छ ।
प्रतिक्रिया