Main News

काठमाडौं उपत्यकामा बिहान ९ बजेसम्म मात्र खाद्यन्न र तरकारी पसल खोल्न पाइने

हिमालय टिभी
२०७७ भदौ ७ गते १८:५६
काठमाडौं उपत्यकामा बिहान ९ बजेसम्म मात्र खाद्यन्न र तरकारी पसल खोल्न पाइने

७ भदौ, २०७७ काठमाडौं । काठमाडौं उपत्यकामा खाद्यान्न तथा तरकारी पसल बिहान मात्रै खोल्न पाइने भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरमा खाद्यान्न तथा तरकारी पसल बिहान सवा ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ ।

उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले दिनभर नागरिक तरकारी र खाद्यान्न किन्न भन्दै निस्किन थालेपछि यो निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अत्यावश्यक वस्तु मध्ये खाद्यान्न, फलफूल, तरकारी, माछामासु लगायत विक्री वितरण गर्ने पसल बिहान मात्र खोल्न दिने निर्णय भएको जानकारी दिनुभयो ।

औषधि, पानी र स्वास्थ्य सामग्री विक्री वितरण गर्ने पसल भने जुनसुकै समयमा निर्वाध रुपमा चलाउन सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *