Main News

न्यायपालिकामा हुन सक्ने भ्रष्टाचार छानबिन गर्न गठिन समितिले पहिलेका प्रतिवेदन अध्ययन गर्ने

हिमालय टिभी
२०७७ भदौ ७ गते १८:४७
न्यायपालिकामा हुन सक्ने भ्रष्टाचार छानबिन गर्न गठिन समितिले पहिलेका प्रतिवेदन अध्ययन गर्ने

७ भदौ, २०७७ काठमाडौं । न्यायपालिकामा हुन सक्ने भ्रष्टाचार र अनियमितता छानबिन गर्न गठन भएको समितिले पहिलेका अध्ययन प्रतिवेदनसमेत अध्ययन गर्ने भएको छ ।

सर्वोच्च अदालतका न्यायधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठन भएको समितिले न्यायपालिकामा हुन सक्ने भ्रष्टाचार र अनियमिततासँगै पूर्व अध्ययन प्रतिवेदनको समेत अध्ययन गरी प्रतिवेदन पेश गर्ने भएको हो ।

प्रधानन्यायधीस चोलेन्द्रशमशेर राणाले न्यायपालीका सुधार अभियान अन्तरगत समिति गठन गर्नुभएको थियो । समितिले पूर्व अध्ययन प्रतिवेदन सुझावको अध्ययन गरी उपयुक्त उपायसहितको प्रतिवेदन पेश गर्ने सर्वोच्चका मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले जानकारी दिनुभयो ।

यसअघि पनि सर्वोच्चले २०६६ र २०७२ सालमा समिति गठन गरेको थियो । ती समितिले दिएका सुझाव अहिले कार्यान्वयनको चरणमा रहेको उहाँको दावी छ । समितिको कार्यावधि ३ महिना तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *