Main News

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेमाथि कडा कारबाही गर्ने सरकारको चेतावनी (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ ७ गते १८:३६
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेमाथि कडा कारबाही गर्ने सरकारको चेतावनी (भिडियोसहित)

७ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमितको उपचारमा खटिने तथा कोरोना संक्रमित भएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही हुने भएको छ ।

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुर्व्यवहारमा संलग्नलाई कारबाही गर्न प्रशासनमा सिफारिस गरेको हो ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले स्वास्थ्यकर्मीलाई गरिने दुर्व्यवहार सह्य नहुने र दुर्व्यवहार गर्नेलाई कारबाही गर्ने चेतावनी दिनुभयो ।

हिजो मात्रै काठमाण्डौको नयाँ बानेश्वर हिजो मात्रै सिभिल अस्पतालका डाक्टर बस्ने घरबाहिर स्थानीय बासिन्दाको एक समूहले हुलदङ्गा गरेको थियो भने केही दिनअघि चितवनमा जनप्रतिनिधिकै नेतृत्वमा डाक्टरको घरमा ब्यानर राख्ने काम भएको थियो ।

भोक र तिर्खा नभनी डाइपर लगाएर बिरामीको सेवामा खटिइरहेको बेलामा उनीहरुलाई सघाउनु सबैको कर्तव्य भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *