Main News

स्वास्थ्यकर्मीमाथि भइरहेको दुर्व्यवहार रोक्न सभापति देउवाको आग्रह

हिमालय टिभी
२०७७ भदौ ७ गते १८:३३
स्वास्थ्यकर्मीमाथि भइरहेको दुर्व्यवहार रोक्न सभापति देउवाको आग्रह

७ भदौ, २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस नियन्त्रणमा ‘फ्रन्ट लाइन’मा खटिएका स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन सबैलाई अपील गर्नुभएको छ ।

प्रेस विज्ञप्ति निकालेर देउवाले स्वास्थ्यकर्मीमाथि भैरहेका दुर्व्यवहारप्रति आपत्ति जनाउनुभएको हो । स्वास्थ्यकर्मीको मनोबल उच्च राख्नु सबैको अभिभारा भन्दै देउवाले यो दायित्वलाई गम्भीरतापूर्वक आत्मसात गर्न सबैलाई अपील गर्नुभएको हो ।

सिंगो विश्व स्वास्थ्यकर्मीको नेतृत्वमा कोरोना विरुद्ध लडिरहेको नभुल्न पनि देउवाले आग्रह गर्नुभएको छ । स्वास्थ्यकर्मी र स्थानीय नागरिकबीच असमझदारी उत्पन्न हुन नदिन पनि देउवाले सरकारको ध्यानाकर्षण गर्नुभएको छ ।

स्वास्थ्यकर्मीरुलाई अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त ब्यवस्था गर्न र काम गर्न अत्यावश्यक सहज मनोवैज्ञानिक वातावरण खलल हुन नदिन देउवाको सरकारलाई आग्रह छ ।

एकता र विश्वासका साथ आफ्नो कार्यक्षेत्रमा मानवीय भावनाका साथ थप क्रियाशील रहन पार्टीका नेता कार्यकर्ता र स्थानीय जनप्रतिनिधिलाई देउवाले अनुरोध गर्नुभएको छ ।

देउवाले कोरोना समुदायस्तरमा विस्तार गर्न क्वारन्टिनको भूमिका रहेको भन्दै मापदण्ड अनुसार क्वारन्टिन निर्माण गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *