Main News

हतियार र लागु औषध ओसारपसार गिरोहका मोस्ट वान्टेड बग्गा पक्राउ

हिमालय टिभी
२०७७ भदौ ७ गते १५:५९
हतियार र लागु औषध ओसारपसार गिरोहका मोस्ट वान्टेड बग्गा पक्राउ

७ भदौ, २०७७, विराटनगर । भारतमा बसेर नेपालको विभिन्न सहरमा अवैध हतियार र लागूऔषध भित्रयाउने गिरोहका मुख्य नाइके पक्राउ परेका छन्।

प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका हतियार कारोबारी भारतीय नागरिक ३९ वर्षीय बग्गा भनेर चिनिने प्रदिप यादब पक्राउ परेका हुन् ।
भारतमा बसेर प्रदेश १ र २ नम्बर प्रदेशको विभिन्न जिल्लाहरूमा हातहतियार र लागूऔषधको कारोबारको सञ्जाल बिस्तार गर्ने कार्यमा उनको संलग्ता रहँदै आएको थियो ।

भारतको अररिया जिल्ला इन्द्रनगर ग्राम पञ्चायतका १० टिकुलिया टोलका यादवलाई शनिबार साँझ विराटनगर १६ दरैयाबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार उनी आपराधिक कार्य गर्ने गिरोहका मुख्य नाइके हुन्। हातहतियार खरखजना तथा लागूऔषध मुद्दाका फरार प्रतिवादी पनि भएको प्रहरीको दाबी छ ।भारतमा बसेर नेपालमा अवैध हतियार र लागूऔषधको सञ्जाल विस्तर गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरीका प्रवक्ता डीएसपी राई बताउनुभयो ।

बग्गालाई प्रहरीले डाइलेक्स डीसी १५ बोतल, नाईट्रोसन ५० चक्की र नाईट्राभेट ५१ चक्की लागूऔषधसहित पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार भारतमा बसेर नेपालमा थुप्रै अपराधिक क्रियाकलपामा संलग्न बग्गाले २०७५ मंसिर ३ गते उदयपुरको उदयपुरगढी गाँउपालिका १९ को मन्दिप तामाङलाई मेडिइन युएसए अटोमेटिक पेस्तोल र सोही पेस्तोलमा प्रयोग हुने चार थान गोली पठाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

त्यसैगरी विभिन्न समयमा अबैध हतियार नेपाल पठाउने र लागूऔषध कारोबारीमा पनि उनको संलग्ता रहँदै आएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *