Main News

रौतहटको धर्मपुरमा नदीमा डुबेर एक बालिकाको मृत्यु, दुई बेपत्ता

हिमालय टिभी
२०७७ भदौ ७ गते १४:३०
रौतहटको धर्मपुरमा नदीमा डुबेर एक बालिकाको मृत्यु, दुई बेपत्ता

७ भदौ, २०७७, रौतहट । रौतहटको धर्मपुरमा बागमती नदीमा ऋषिपञ्चमी स्नान गर्न गएका एक बालिकाको डुबेर मृत्यु भएको छ । दुई बालिका बेपत्ता भएका छन ।

नदीमा डुबेकी गढिमाई नगरपालिका( ७ कि १० वर्षकी पिंकुकुमारी मुखियाको शव दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पिंकुकुमारीसँगै डुबेका १२ वर्षकी सुजिताकुमारी दास र १० वर्षकी चञ्चलकुमारी मुखियाको खोजी भइरहेको छ ।

डुबेका बालिकाहरुको खोजीका लागि स्थानीय वासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *