Main News

प्रधानमन्त्रीलाई कांग्रेसकाे प्रश्न: खाडीका श्रमिक वर्गशत्रु हुन् ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ ६ गते १४:५५
प्रधानमन्त्रीलाई कांग्रेसकाे प्रश्न: खाडीका श्रमिक वर्गशत्रु हुन् ? (भिडियोसहित)

६ भदौ, २०७७, काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका श्रमिकलाई नेपाल ल्याउँदा चर्को शुल्क असुलिरहेकोमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ ।

सरकारले अदालतको आदेश समेत अवहेलना गरेकोमा कांग्रेसले प्रश्न उठाएको छ । उसले खाडीमा श्रम गरिरहेका नेपाली नागरिक तपाइका वर्गशत्रु हुन ? भनेर प्रधानमन्त्रीसँग प्रश्न पनि गरेको छ ।

कांग्रेसले शनिवार विज्ञप्ति निकालेर विदेशमा अलपत्र नागरिकलाई स्वदेश फर्काउने सरकारी प्रक्रियामा गम्भीर प्रश्न उठाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले निकालेको विज्ञप्तिमा मुख्यत चारवटा बुँदामा सरकारमाथि प्रहार गरिएको छ ।

६ महिनादेखि बेरोजगार भएर बसेका खाडीका श्रमिकलाइ चार्टर्ड फ्लाइनको महंगो टिकट खरिद गर भन्नु कति न्यायोचित हुन्छ भन्दै प्रश्न कांग्रेसले प्रश्न गरेको छ । सरकारको यो निर्णय सर्वोच्च अदालतको असार १ गतेको आदेशको उल्लंघन भन्दै कांग्रेसले यो अदालतको मानहानी हो कि होइन प्रधानमन्त्रीज्युन भनेर सोधेको छ ।

कांग्रेसका आपत्ति
– दिनमा ३ वटा मात्र उद्धार उडान गर्ने निर्णय आपत्तिजनक
– दैनिक ३ वटा मात्र उद्धार गर्दा अलपत्र श्रमिकलाई समयमा नै ल्याउन नसकिने भनाइ

कांग्रेसका प्रश्न
– महँगो टिकट, पीसीआर, र क्वारन्टिन खर्च सबै श्रमिकलाई तिराएर उनीहरुप्रति
बर्ग शत्रुकाे व्यवहार किन गरेको ?


कांग्रेसका माग

– रोजगारी गुमाएर अलपत्र परेका श्रमिकको उद्धारमा वैदेशिक रोजगार कल्याणकारी कोषको प्रयोग गरौँ

सर्वाेच्च अदालतकाे आदेश पालना गर्न, सरकारी खर्चमै क्वारन्टिन, पीसीआर परीक्षण र घरसम्म पुग्ने व्यवस्था सरकारले नै मिलाउनु पर्ने

श्रमिकको उद्धारमा तीनै तहका सरकारले मिलेर काम गर्नु पर्ने

मन्त्रिपरिषदको पछिल्लो बैठकले दिनमा केवल ३ वटा मात्रै उद्धार फ्लाइटको अनुमति दिने भनि गरेको निर्णयमा पनि कांग्रेसको आपत्ति छ ।

भदौ १६ गते शुरु गर्ने भनिएको नियमित उडान नहुने मुलुकमा रहेका नेपाली श्रमिक ३ वटा उडानबाट कसरी नेपाल आइपुग्छन भन्दै कांग्रेसले यसलाई संवेदनहिन काम भनेको छ । र भनेको छ, ूविदेशमा समस्यामा रहेका नेपालीको पीडा बुझ्ने हृदय विल्कुलै देखिएनू

एकातिर चार्टर्ड उडानको महंगो टिकट काट्नुपर्ने र अर्कातिर होटेल क्वारन्टिनमा सात दिन बसेको सबै खर्च व्यहोर्नु पर्ने । त्यतिमात्रै नभइ पीसीआर परीक्षण पनि आफै गर्नुपर्ने गाउँ पुग्ने यातायात खर्च पनि श्रमिक आफैले गर्नुपर्ने ।

अनुकुल अवस्थामा देशमा रेमिटेन्स पठाएर अर्थतन्त्रलाई भरथेग गरिरहेका अन्नदातालाई प्रतिकुल समयमा सरकारले किन बर्ग शत्रुको व्यवहार गरेको रु भन्दै कांग्रेसले प्रश्न गरेको छ ।

कांग्रेसले रोजगारी गुमाएका बेतलबी बिदा पाएका र बेखर्ची बनिसकेका श्रमिकलाई कल्याणको कोषको रकम मार्फत हवाइ टिकटको व्यवस्था गरेर निशुल्क उद्धार गर्न माग गरेको छ ।

यस्तै सर्वोच्च अदालतको आदेश पालना गर्न, सरकारी खर्चमै क्वारन्टिन, पीसिआर परीक्षण र घरसम्म पुग्ने प्रवन्ध गर्न पनि कांग्रेसले माग गरेको छ । यसमा तीनै तहका सरकारले मिलेर काम गर्नुपर्ने पनि उसको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *