Main News

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ३३ जनामा कोरोना पुष्टि

हिमालय टिभी
२०७७ भदौ ६ गते १२:५५
भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ३३ जनामा कोरोना पुष्टि

६ भदौ, २०७७, चितवन । चितवनको भरतपुर अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार साँझ २ सय ७० वटा नमुना परीक्षण गर्दा थप ३३ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

प्रयोगशाला प्रमुख डा. नितु अधिकारीका अनुसार नयाँ संक्रमितमा चितवनका २० जना रहेका छन् भने नवलपुर, बारा, पर्सा र मकवानपुरका गरी ८ र बाँकेका ५ जना रहेका छन् ।

चितवनका नयाँ संक्रमितमा भरतपुर महानगरपालिकाका १६ जना, राप्ती नगरपालिकाका ४ जना र रत्ननगर नगरपालिकाका एक जना छन् ।

यसैबीच भोजपुरकोे अरूण गाउँपालिकामा रहेको होल्डिङ्ग एरियामा रहेका तीन जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

कोरोना पुष्टि भएकाहरुमा सप्तरीका २० वर्षीय पुरुष, मोरङका २६ वर्षीय पुरुष र धनकुटाका २५ वर्षीय पुरुष प्रहरी रहेका छन् । उनीहरु तीनै जना भदौ २ गते विराटनगरबाट सरुवा भएर आएका उनीहरुलाई जिल्ला प्रवेश गर्नु पूर्व अरुण गाउँपालिका–६ जरायोटारमा रहेको होल्डिङ एरियामा राखिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *