Main News
वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु
२०७७ भदौ ६ गते ८:२५

६ भदौ, २०७७, पर्सा । वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचार गराइरहेका थप एक संक्रमितको मृत्यु भएको छ ।
वीरगन्ज महानगरपालिका– २६ सुगौली निवासी ५८ वर्षीय पुरुषको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृगौला खराब रहेका ती पुरुष बिहीबार राति साढे एक बजे वीरगन्जकै तराई अस्पतालबाट रिफर भएर कोरोना अस्पताल पुर्याइएको थियो ।
स्वास्थ्य अवस्था झन बिग्रिएपछि उनलाई कोरोना अस्पतालको भेन्टिलेटरमा राखेको थियो ।
यसअघि शुक्रबार दिउँसो वीरगन्ज– १० रानीघाट निवासी ४८ वर्षीय कोरोना संक्रमितको वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा मृत्यु भएको थियो ।
प्रतिक्रिया