Main News
नेकपा नेता नेपालका सात अङ्गरक्षकमा कोरोना संक्रमण पुष्टि
२०७७ भदौ ६ गते ८:२०

६ भदौ, २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका बरिष्ठ नेता एबम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सात अङ्गरक्षक (पीएसओ)लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नेता नेपालका सबै परिवार र उहाँको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा अङ्गरक्षकहरुको मात्र कोरोना पोजिटिभ देखिएको पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।
अङ्गरक्षकलाई कोरोना पोजिटिभ देखिएलगत्तै आइसोलेसनमा लगिएको स्वकीय सचिव गौतमले जानकारी दिनुभयो ।
प्रतिक्रिया