Main News

एक संक्रमित पत्ता लगाउन एक लाख खर्च, अहिलेसम्म ३ अर्ब सकियो (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ ६ गते ५:५२
एक संक्रमित पत्ता लगाउन एक लाख खर्च, अहिलेसम्म ३ अर्ब सकियो (भिडियोसहित)

६ भदौ, २०७७ काठमाडौं । सरकारले एक जना कोरोना संक्रमित पत्ता लगाउन एक लाख चार हजार रुपैयाँ खर्च भएको जनाएको छ ।

माघ ७ गतेदेखि भदौ ५ गते शुक्रवारसम्म सरकारले ५ लाख ७९ हजार ८९९ जनाको पीसीआर परीक्षण गरेको छ । र, यसका लागि राज्य कोषबाट ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय खर्च भएको छ ।

झण्डै ६ लाखको पीसीआर परिक्षण गर्दा ३० हजार ४ सय ८३ जना कोरोना संक्रमित भेटिएका छन । र, हिसाब गर्दा एकजना कोरोना संक्रमित पत्ता लगाउन १ लाख चार हजार रुपैयाँ खर्च भएको छ । त्यतिमात्रै होईन संक्रमितलाई आईसीयूमा राख्नुपर्ने अवस्था आएमा ३० दिनको आईसीयू खर्च ४ लाख ५० हजार हुन्छ ।

कोरोना संक्रमित पत्ता लगाउनु र उपचार गर्नु निकै खर्चिलो भएको सरकारको बुझाई छ । त्यसैले घरमै बसेर राज्यको खर्च जोगाउन र आफू पनि जोगिन सरकारले आम नागरिकलाई अपील गरेको छ ।

कोरोना संक्रमण सरकारको प्रयासले मात्रै नियन्त्रण हुँदैन, त्यसमा नागरिकको पनि जिम्मेवार भूमिका आवश्यक छ । त्यसैले यो संकटपूर्ण घडीमा सुरक्षाका मापदण्ड अपनाएर आपूm पनि जोगिनु र अरुलाई पनि जोगाउन हरेक नागरिकको दायित्व हो ।

अहिलेसम्म पीसीआर परीक्षण गर्न तीन अर्ब १८ करोड रुपैयाँ भन्दा बढी खर्च भएको पनि सरकारी तथ्यांक छ । परीक्षण र उपचार खर्चिलो भन्दै सरकारले सरकारको खर्च कम गर्न र आफै सुरक्षित रहन पनि नागरिकलाई अपील गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *