अस्पतालमै तीजको नाचगान, गीतमार्फत जगाए जनचेतना (भिडियोसहित)

५ भदौ, २०७७ काठमाडौं । तीजमा सधैंजसो माइत जाने । दर खाने र नाचगान गर्ने स्वास्थ्यकर्मीले यसपाली त्यो अवसर पाएनन् । अधिकांश महिला स्वास्थ्यकर्मी तीजको रमाइलो भुलेर यो पटक कोरोना संक्रमितको उपचारमा खटिइरहेका छन् ।
यस्तैमा बुटवलको कोरोना विशेष अस्पतालका महिला स्वास्थ्यकर्मीले भने ड्युटीकै बिचमा सन्देशमूलक तीज गीत गाएर जनचेतना जगाएका छन् ।
गाउन, पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट पिपिई र मास्क लगाएर ताली बजाउँदै तीजका भाका हाल्ने र नाच्ने उनीहरु कोरोना विशेष आइसोलेसन अस्पताल बुटवलका स्वास्थ्यकर्मी हुन् ।
कोरोना संक्रमितको उपचारमा खटिएका उनीहरुले तीज गीतका माध्यमबाट पनि यस विरुद्ध जनचेतना जगाउने प्रयास गरेका छन । उनीहरुले कोरोना संक्रमण कसरी हुन्छ भनेर जानकारी दिएका छन् ।
थुकका छिटा हाच्छिँउ गर्दा यो रोग सर्दछ । त्यति मात्र हैन । गीतमा कोरोना संक्रमणबाट बच्न उपाय पनि सिकाइएको छ ।
उनीहरुले कोरोनाबाट बच्न पोष्टिक आहार खान पनि सुझाव दिएका छन् । कोरोना संक्रमण रोकथामका लागि नागरिक आफै जागरुक हुनु पर्छ भन्ने सन्देश पनि यो गीतमा छ ।
प्रतिक्रिया