Main News

भदौ १६ गतेदेखि सर्तसहित अन्तर्राष्ट्रिय हवाई उडान शुरु गरिने

हिमालय टिभी
२०७७ भदौ ५ गते १८:५५
भदौ १६ गतेदेखि सर्तसहित अन्तर्राष्ट्रिय हवाई उडान शुरु गरिने

५ भदौ, २०७७ काठमाडौं । सरकारले भदौ १६ गतेदेखि सर्तसहित अन्तर्राष्ट्रिय हवाई उडान शुरु गर्ने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले भदौ १६ गतेदेखि सर्तसहित नियमित उडान सुरु गर्ने निर्णय गरेको हो । पीसीआर परीक्षण सहज भएका देशहरुबाट दैनिक ५ सय यात्रु नकट्ने गरी उडान खोल्ने निर्णय भएको नेपाल सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो ।

पीसीआर परीक्षण सहज भएका मुलुकमा मात्र नियमित व्यवसायिक उडान भर्ने सरकारको भनाइ छ । साउदी, कतार, कुबेतजस्ता पीसीआर परीक्षण पर्याप्त नभएका देशबाट भने यस्तो उडान हुने छैन ।

उडान संख्या र तालिका निर्माणको जिम्मा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई दिइएको छ । यसरी हुने उडानबाट नेपाली नागरिक, नेपालस्थित कूटनीतिक नियोगका कर्मचारी र संयुक्त राष्ट्र संघका कर्मचारी मात्र ल्याउन पाइने छ ।

यसरी आउने यात्रुको ७२ घण्टाभित्र पीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने छ । काठमाडौंमा ओर्लिएपछि एक हप्तासम्म आफ्नै खर्चमा होटल क्वारन्टिनमा बस्नुपर्नेछ ।

पीसीआर टेष्ट गरेका र नगरेका यात्रु एउटै विमानमा आए सबैलाई क्वारेन्टिनमा राखिनेछ र सबै खर्च एयरलाइन्सले व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ । घर गैसकेपछि उनीहरु घरमै क्वारन्टिनमा बस्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *