Main News

संक्रमित बढेपछि कोशी कोभिड अस्पताल स्तरोन्नति गर्ने प्रदेश सरकारको निर्णय

हिमालय टिभी
२०७७ भदौ ५ गते १७:२४
संक्रमित बढेपछि कोशी कोभिड अस्पताल स्तरोन्नति गर्ने प्रदेश सरकारको निर्णय

५ भदौ, २०७७, विराटनगर । प्रदेश एक सरकारले विराटनगरस्थित कोशी कोभिड नाइन्टिन अस्पतालको स्तरोन्नति र जनशक्ति थप गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेशमा कोरोना संक्रमितको संख्या दिनहुँ बढेको निष्कर्षसहित कोभिड अस्पताललाई लेभल टु मा स्तरोन्नती गर्ने निर्णय गरेको हो ।

त्यसका लागि थप जनशक्ति नियुक्त गर्ने प्रकृया अघि बढाउने निर्णय पनि भएको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो ।

कोभिड नाइन्टिन अस्पतालमा आवश्यक जनशक्ति नहुँदा आइसीयु र भेन्टिलेटर सञ्चालनमा समस्या हुँदै आएको छ ।

यसैगरी मन्त्रिपरिषद्को बैठकले स्नातकोत्तर क्याम्पस विराटनगरको जग्गामा प्रदेशस्तरीय प्रयोगशाला स्थापना गर्ने निर्णय पनि गरेको छ ।

स्वीस सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको आधुनिक पिसिआर मेसिन सञ्चालन गर्न नयाँ प्रयोगशाला बनाउन लागिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *