Main News

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, ८३८ जना संक्रमित थपिए

हिमालय टिभी
२०७७ भदौ ५ गते १६:३७
नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, ८३८ जना संक्रमित थपिए

५ भदौ, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो पटक थप ११ जनाको संक्रमणबाट ज्यान गएको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा विभिन्न ११ जिल्लामा १ महिला र १० पुरुषको मृत्यु भएको जानकारी दिएको हो ।

पछिल्लो पटक समुदायस्तरमा संक्रमण फैलिएपछि मृत्युदर पनि बढेको छ । मन्त्रालयको विवरण अनुसार एकैदिन ११ जनाको मृत्यु भएको यो पहिलो हो ।

संक्रमित र उनीहरुका परिवारमा सामाजिक अपहेलना बढेको भन्दै सरकारले मृतकबारे विस्तृत विवरण सार्वजनिक नगर्ने नीति लिएको छ । पछिल्लो पटक मृत्यु भएकाहरुको पनि जिल्ला र लिंग मात्रै सार्वजनिक गरिएको छ ।

नेपालमा पछिल्लो पटक थप ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा १ सय ८२ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो पटक सबैभन्दा बढी काठमाडौंमा १ सय ४२ संक्रमित भेटिएका छन् । ललितपुरमा २५ र भक्तपुरमा १५ संक्रमित थपिएका छन् ।

उपत्यकापछि कैलालीमा ८५, पर्सामा ८० र जुम्लामा ५३ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक १३ हजार ५ सय ७९ नमूनाको पीसीआर परीक्षण गरिएको छ । देशका विभिन्न आइसोलेनबाट संक्रमणमुक्त भएर २ सय ५० जना डिस्चार्ज भएका छन् । संक्रमणमुक्त हुनेको संख्या १८ हजार २ सय १४ पुगेको छ ।

पछिल्लो पटक आइसीयु र भेन्टिलेटरमा रहने विरामीको संख्या बढेको छ । आजसम्म जना आयसीयुमा र जना भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *