Main News

जुम्लामा एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ भदौ ५ गते १५:३९
जुम्लामा एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि

५ भदौ, २०७७, जुम्ला । जुम्लामा एकैदिन ५६ जनामा कोरोना संक्रमित थपिएका छन् ।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ठुलो संख्यामा संक्रमित भेटिएका हुन् ।

संक्रमित मध्ये सबैभन्दा धेरै हिमा गाउँपालिकाका छन् । उक्त गाउँपालिकाका विभिन्न वडाका ४८ जनामा संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अन्य संक्रमित चन्दननाथ नगरपालिका र कनकासुन्दरी गाउँपालिकाका छन् । कर्णाली प्रदेशमा पछिल्लो पटक ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कालिकोट, रुकुम पश्चिम, वैतडी र दैलेखमा पनि संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *