Main News

चार मन्त्रीलाई अन्तर्राष्ट्रिय उडानको टुंगो लगाउने जिम्मा

हिमालय टिभी
२०७७ भदौ ५ गते ८:१७
चार मन्त्रीलाई अन्तर्राष्ट्रिय उडानको टुंगो लगाउने जिम्मा

५ भदौं, २०७७ काठमाडौं । भदौ १६ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडान पर्यटन मन्त्रालयले मन्त्रिपरिषद्‌मा पेस गरेको प्रस्तावमा उपप्रधानमन्त्रीसहित चार मन्त्रीको बैठकलाई टुंगो लगाउन जिम्मा दिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबादुर थापा, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, अर्थ, संचार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडा र मुख्य सचिव लोकदर्शन रेग्मीलाई यो विषय टुंग्याउन जिम्मेवारी दिनुभएको हो ।

चार मन्त्रीको आज बैठक बसेर अन्तर्राष्ट्रिय उडानको टंगो लगाउने पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो । हिजोको मन्त्री परिषद् बैठकमा उडान सञ्चालन गर्ने प्रस्तावमा छलफल भएको र त्यहाँ आएका सुझावका आधारमा निर्णय गर्न भनिएको छ ।

पर्यटनमन्त्री भट्टराईले मन्त्रिपरिषद्‌मा कोराना संक्रमण न्यून भएका तथा स्वास्थ्य जाँच गर्न सजिलो भएका मुलुकबाट नियमित उडान सञ्चालन गर्न सकिने प्रस्ताव पेश गर्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *