Main News

निषेधाज्ञाका कारण काठमाडौं उपत्यका ठप्प, अत्यावश्यक सेवा सञ्चालनमा

हिमालय टिभी
२०७७ भदौ ४ गते १४:११
निषेधाज्ञाका कारण काठमाडौं उपत्यका ठप्प, अत्यावश्यक सेवा सञ्चालनमा

४ भदौ, २०७७, ४ भदौ, २०७७, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएसँगै अत्यावश्यक बाहेकका सबै गतिविधि ठप्प भएका छन । बजार बन्द छन भने अत्यावश्यक सेवाबाहेकका सवारी साधन पनि चलेका छैनन् ।

औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु र सेवा खरिदको काममा बाहेक कोही पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने गरी सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाएको छ ।

निषेधाज्ञा भदौ १० गते राति १२ बजेसम्म कायम रहनेछ । यो समयमा अत्यावश्यक बाहेक हिंडडुलमा समेत रोक लगाइएको छ ।

यसैबीच निषेधाज्ञा उल्लंघन गर्ने ११ सय ७० जनालाई प्रहरीले नियन्त्रणमा लिएर छोडेको छ । काठमाण्डौबाट ४ सय ३७, ललितपुरबाट ४ सय ९८ र भक्तपुरबाट २ सय ३५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई अबदेखि गल्ती नगर्ने शर्तमा सम्झाई बुझाई छोडिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुशीलकुमार यादवले जानकारी दिनुभयो ।

प्रहरीले उपत्यकामा ४१५ दुई पाङ्ग्रे र १ सय ७९ वटा चार पाङ्ग्रे गाडी नियन्त्रणमा लिएर राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *