Main News

सरकारद्वारा खरिपाटीस्थित क्वारन्टिन आइसोलेसनमा परिणत

हिमालय टिभी
२०७७ भदौ ४ गते १४:०६
सरकारद्वारा खरिपाटीस्थित क्वारन्टिन आइसोलेसनमा परिणत

४ भदौ, २०७७ काठमाडौं । सरकारले भक्तपुरको खरिपाटीस्थित क्वारन्टिनलाई आइसोलेशन सेन्टरको रुपमा परिणत गरेको छ।

चाँगुनारायण नगरपालिका–७ खरिपाटीको नेपाल विद्युत् प्राधिकरणको क्वारन्टिनलाई २ सय ८ शैय्याको आइसोलेशन बनाएर सञ्चालनमा ल्याएको हो।

आइसोलेशनमा दुई सय शैय्या कोरोना सङ्क्रमितका लागि र ८ शैया स्वास्थ्यकर्मीको लागि छुट्याइएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।

भक्तपुर अस्पताल, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको समन्वयमा क्वारन्टिनलाई आइसोलेसन सेन्टर बनाईएको हो ।

आइसोलेसन सेन्टरमा लक्षण नदेखिएका कोरोना संक्रमितहरुलाई खाना वस्नको व्यवस्था गरिएको छ । संक्रमितको हेरचाहको लागि स्वास्थ्यकर्मी समेत परिचालन गरिएको छ ।

अहिले यो आइसोलेशनमा ३ जना संक्रमितलाई राखिएको छ । कोरोना भाइरस संक्रमित बढ्दै गएपछि अस्पतालमा बेडको अभाव हुने भएकाले सरकारले थप आसोलेशन सेन्टर बनाउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *