Main News

पोखरामा १६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ भदौ ४ गते ९:१८
पोखरामा १६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

४ भदौ, २०७७, कास्की । पोखरा महानगरपालिका–७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बुधबार साँझ जारी गरेको विज्ञप्ती अनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

गत महिना जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरीमा संक्रमण देखिएपछि उनीहरु पोखराबाट स्याङ्जामा खटिएका थिए ।

स्याङ्जाबाट पोखरा आएर क्वारेन्टिनमा बसेका प्रहरीमध्य २९ जनाको नमूना संकलन गरिएकामा १६ जनाको नतिजा पोजिटिभ आएको पोखरा महानगर स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले जानकारी दिनुभयो ।

यसैगरी पोखरामा गरिएको परिक्षणमा बाग्लुङ नगरपालिकाका ६, जैमिनी र बडिगार्डका एक एक जनामा पनि संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या एक हजार ८ सय १२ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *