Main News

अज्ञात समूहद्वारा रौतहटमा गोली हानेर पुजारीको हत्या

हिमालय टिभी
२०७७ भदौ ४ गते ७:३१
अज्ञात समूहद्वारा रौतहटमा गोली हानेर पुजारीको हत्या

४ भदौ, २०७७ रौतहत । रौतहटको माधव नारायण नगरपालिकामा अज्ञात समूहले गोलि हानी एक पूजारिको हत्या गरेको छ ।

गोली प्रहारबाट माधब नारायण नगरपालिका वाड नम्बर २ खेसरहियामा रहेको हनुमान मन्दिरका पूजारि ६५ वर्षीय श्रीराम साहको घटना स्थलमा मृत्यु भएको हो।

खाना खाइरहेको बेला हनुमान मन्दिरको पुजारीमाथि अज्ञात समूहले गएराती करिब साढे ९ बजे गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञान कुमार महतोले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी महतोले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *