Main News
कोरोना संक्रमणको स्थिति पत्ता लगाउन सेरोलोजिकल सर्भेको तयारी
२०७७ भदौ ३ गते १८:१५

३ भदौ, २०७७ काठमाडौं । सरकारले कोरोना संक्रमणको स्थिति पत्ता लगाउन सेरोलोजिकल सर्भे गर्ने भएको छ ।
कारोनो समुदाय स्तरमा फैलिए नफैलिएको बारे पत्ता लगाउन सर्भे गर्न लागिएको हो । यो सर्भेमा मानिसको एन्टिबडी परीक्षण गरिनेछ ।
परीक्षण नेपालको जनसंख्याको आधारमा हिमाल, पहाड र तराईको प्रतिनिधित्व गर्ने गरी गरिने महाशाखाले जनाएको छ ।
नेपालमा आगामी दिनमा कोरोना संक्रमणले कस्तो रुप लिने, कोरोना कहिलेदेखि नेपालमा छ ,कहाँ कहाँबाट कोभिड नाइन्टिनको संक्रमण आयोलगायतको यो सर्भेले जवाफ दिनेछ । यो सर्भेले आगामी दिनमा के गर्ने भन्ने रणनीति बनाउन सरकारलाई सहयोग गर्ने विश्वास छ ।
सेरोलोजिकल सर्भेको सकारात्मक परिणाम आएमा संक्रमित व्यक्तिमा १४ दिनपछि कोरोना भाइरस हुने नहुने पत्ता लगाउन अर्को सर्भे गर्ने योजना सरकारको छ ।
प्रतिक्रिया