Main News

नेपालमा थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २८९३८ पुग्यो

हिमालय टिभी
२०७७ भदौ ३ गते १६:३८
नेपालमा थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २८९३८ पुग्यो

३ भदौं, २०७७ काठमाडौं । नेपालमा पछिल्लो पटक थप ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा १ सय ५९ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा सबैभन्दा बढी १ सय ३४ जना नयाँ संक्रमित भेटिएका छन् । ललितपुरमा १७ र भक्तपुरमा ८ संक्रमित थपिएका छन् ।

काठमाडौंपछि पर्सामा १ सय ८ जना नयाँ संक्रमित पहिचान भएका छन् । यस्तै मोरङमा ६९ र रुपन्देहीमा ५२ थपिएको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ ।

हिजो १ हजार १६ जना नयाँ संक्रमित भेटिएका थिए । आज पीसीआर परीक्षण केही घटेको छ भने सँगै संक्रमित पनि घटेका छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार ५ सय २२ नमुनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो पटक थप १ सय २० जना संक्रमणमुक्त भएका छन् । देशमा संक्रमणमुक्त हुनेको संख्या १७ हजार ७ सय पुगेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *