Main News

वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

हिमालय टिभी
२०७७ भदौ ३ गते १४:२८
वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

३ भदौं, २०७७, पर्सा । वीरगन्जमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । अस्थायी कोभिड अस्पतालमा उपचाररत ८४ र ५७ वर्षीय गरी दुई पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

वीरगन्ज महानगरपालिका– ४ विर्ता निवासी ८४ वर्षीय पुरुष र वीरगन्ज भिस्वा निवासी ५७ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो ।

गत साउन २७ देखि नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत ८४ वर्षीय पुरुषको मंगलबार राति साढे १० बजेको समयमा मृत्यु भएको हो ।

यस्तै, भिस्वाका ५७ वर्षीय पुरुषको मंगलबार अपरान्ह साढे ३ बजे नारायणी अस्पतालमा मृत्यु भएको थियो । नारायणीको प्रयोगशालामा जिन एक्सपर्ट टेस्ट गर्दा नतिजा कोरोना पोजिटिभ आएको प्रशासन कार्यालयले जनाएको छ ।

यो सँगै वीरगञ्जमा कोरोना संक्रममणबाट कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ । साउनमा मात्रै २४ जनाको मृत्यु भएको थियो ।

हालसम्म वीरगञ्जमा पर्साका २२ जना, बाराका ५ जना र रौतहटका २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा मृत भेटिएको बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *