Main News

यो वर्षको एसईई नतिजाः के भन्छन् विज्ञ ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २ गते २०:४२
यो वर्षको एसईई नतिजाः के भन्छन् विज्ञ ? (भिडियोसहित)

२ भदौ, २०७७ , काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा हिजो सार्वजनिक गर्यो । सरकारको निर्णय अनुसार २०७६ को एसइइको नतिजा विद्यालयले नै आन्तरिक मुल्याङ्कन गरी तयार पारेका थिए । नतिजा सार्वजनिक भएसँगै अनेक खालका टिकाटिप्पणी भइरहेका छन् । यसबारे विज्ञ के भन्छन् त ?

चैत १२ गते परीक्षा दिन तम तयार विद्यार्थी थिए । तर कोरोनाका कारण सरकारले लकडाउन घोषणा गरेसँगै एसईई परीक्षा स्थगित भयो । कोरोना कहर बढ्दै गएसँगै अन्तत परीक्षा नै नलिने र आन्तरिक मूल्याकंनको आधारमा नतिजा प्रकाशन गर्ने निर्णय भयो । र सोमबार नतिजा सार्वजनिक भयो ।

तर नतिजा सार्वजनिक भएसँगै विद्यार्थीले पाएको जीपिएका विषयमा भने विभिन्न टिकाटिप्पणी भैरहेका छन । शिक्षकले आफूखुशी नम्बर दिएको, अविभावकको दवावमा अकं थपेको टिप्पणी भैरहेका छन । तर यो नतिजाका विषयमा परीक्षा बोर्डको धारणा यस्तो छ ।

०७२ को एसईईमा ४ मा ४ जीपीए नै ल्याउने विद्यार्थी २ जना मात्रै थिए । ०७३ मा चार र ०७४ मा ४ जीपीए ल्याउनेको संख्या ७४ थियो । ०७५ मा १ सय ६ जनाले ४ जीपीए ल्याए । ७६ को नतिजामा भने ९ हजार ३ सय १९ जनाले ४ जीपीए प्राप्त गरे । यसैमा धेरैको प्रश्न छ । तर आरोप लागे जस्तै भएपनि अहिले यो टिकाटिप्पणी र बहसको विषय नभएको शिक्षाविद्को तर्क छ ।

यसले कक्षा ११ को भर्ना र जागिर खाने बेलामा भने प्रभाव पर्नेछ । त्यसलाई मध्यनजर गर्दै कक्षा ११ पछि शैक्षिक क्षमता जाँच्ने कुनै परीक्षा लिन सकिने प्रावधान बनाउन शिक्षाविद्को सुझाव छ ।

एसइइको नतिजालाई लिएर भैरहेका टिप्पणीबाट निराश भन्दा पनि विद्यार्थीले अगाडिको बाटोका बारेमा ध्यान दिनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *