Main News

काठमाडौंमा भोलि रातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा, सवारीसाधन चलाउन नपाइने

हिमालय टिभी
२०७७ भदौ २ गते १९:३०
काठमाडौंमा भोलि रातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा, सवारीसाधन चलाउन नपाइने

२ भदौ, २०७७, काठमाडौं । काठमाडौँमा भदौ १० गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ। बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी हुनेछ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा जारीको निर्णय गरेको हो। अत्यावश्यक सेवाका बाहेक सार्वजनिक सवारी साधन समेत चलाउने नदिने निर्णय भएको छ।

हिजो बसेको मन्त्रिपरिषद बैठकले संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालयलाई अधिकार प्रत्यायोजन गरेको थियो।

पछिल्ला दिनमा उपत्यकामा संक्रमितको संख्या दैनिक १ सयभन्दा माथि रहँदै आएको छ। आज पनि काठमाण्डौ उपत्यकामा अहिलेसम्मकै धेरै दुई सयभन्दा बढी कोरोना संक्रमित थपिएका छन ।

यसअघि एक्टिभ केस २ सय भन्दा धेरै भएका जिल्लामा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू गरिएको थियो। काठमाडौंमा अहिले ५ सय भन्दा धेरै एक्टिभ केस रहेकाले थप जोखिम देखिएको छ। त्यसैलाई आधार मानेर सरकारले निषेधाज्ञाका लागि बाटो खुला गरेको हो ।

निषेधाज्ञा जारी भएमा सम्भवत अति आवश्यक सेवा बाहेकका सबैखाले सेवा ठप्प हुनेछन । सरकारी तथा निजी कार्यालय पनि बन्द हुने सम्भावना रहनेछ।

अहिलेसम्म निषेधाज्ञा जारी भएका जिल्लामा लागू गरिएका प्रावधान हेर्ने हो भने आर्थिक गतिविधि नै ठप्प हुनेगरी काठमाडौं उपत्यकामा पनि लकडाउनको अर्को स्वरुप देख्न सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *