Main News

नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिए, एकैदिन १ हजार १६ मा संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ भदौ २ गते १६:५२
नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिए, एकैदिन १ हजार १६ मा संक्रमण पुष्टि

२ भदौ, २०७७ काठमाडौं । नेपालमा एकैदिन अहिलेसम्मकै धेरै संख्यामा कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो पटक एकैदिन १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा २ सय भन्दा बढी संक्रमित थपिएका छन् । उपत्यकामा यति धेरै संक्रमित भेटिएको पनि पहिलो हो । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार काठमाडौंमा मात्रै थप १ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै ललितपुरमा ५० र भक्तपुरमा १७ संक्रमित थपिएका छन् । काठमाडौंपछि पर्सामा १ सय २८, मोरङमा १ सय ८ तथा सर्लाहीमा १ सय ७ नयाँ संक्रमित भेटिएका छन् ।

नेपालमा गत २४ घण्टामा १३ हजार ४ सय ६१ नमुनाको पीसीआर विधीबाट परीक्षण गरिएको छ । पछिल्लो पटक थप ८५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ५ सय ८० पुगेको छ । प्रदेश नम्बर १ मा १ हजार १ सय १३, प्रदेश नम्बर २ मा ३ हजार ७ सय ४२, बागमती प्रदेशमा ७ सय १८ र गण्डकी प्रदेशमा १ हजार ५ सय ५० जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार २ सय ८९, कर्णाली प्रदेशमा १ हजार ९ सय ५७ र सुदूरपश्चिम प्रदेशमा ४ हजार २ सय ११ गरी आजसम्म १७ हजार ५ सय ८० जना संक्रमित निको भएर घर फर्किएका छन ।

आज देशभरी आइसोलेसनमा १० हजार ५ सय ६३ जना संक्रमित रहेका छन । प्रदेश नम्बर १ मा ९ सय ७८, प्रदेश नम्बर २ मा २ हजार ७६, बागमती प्रदेशमा २ हजार ५ सय १४ र गण्डकी प्रदेशमा २ सय ७९ जना संस्थागत आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ सय ७९, कर्णाली प्रदेशमा २ सय ८ र सुदूरपश्चिम प्रदेशमा ८ सय ३२ जना संस्थागत आइसोलेसनमा रहेका छन ।

प्रदेश नम्बर १ मा १ सय ९७, प्रदेश नम्बर २ मा २ हजार ३ सय ४९, बागमती प्रदेशमा १ सय ११ र गण्डकी प्रदेशमा २७ जना होम आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ सय ७०, कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिम प्रदेशमा २५ गरी २ हजार ८ सय ८७ जना होम आइसोलेसनमा रहेका छन ।

आज देशभरीका क्वारेन्टिनमा १३ हजार ९ सय २६ जना रहेका छन । प्रदेश नम्बर १ मा २ हजार १ सय १५, प्रदेश नम्बर २ मा १ हजार ४ सय ८३, बागमती प्रदेशमा ८ सय ९८ र गण्डकी प्रदेशमा २ हजार ९ सय ७३ जना क्वारेन्टिनमा रहेका छन । यस्त प्रदेश नम्बर ५ मा २ हजार ९०, कर्णाली प्रदेशमा ६ सय ८१ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ६ सय ९६ जना क्वारेन्टिनमा छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *