Main News

नेपाल आउन विमानस्थल पुगेका सय बढी नेपाली दुबईमा अलपत्र

हिमालय टिभी
२०७७ भदौ २ गते १३:४९
नेपाल आउन विमानस्थल पुगेका सय बढी नेपाली दुबईमा अलपत्र

२ भदौं, २०७७, काठमाडौं । यात्रु लिन दुबई पुगेको नेपाल एयरलाइन्सको जहाज रित्तै फर्कन लागेपछि घर आउन ठिक्क परेर बसेका करिब १ सय जना यात्रु अलपत्र परेका छन् ।

उद्धार उडानका लागि दुबई एयरपोर्ट पुगीसकेको जहाजलाई सरकारले अनुमती नदिएपछि यात्रु यात्रु विमानस्थलमै अलपत्र परेका हुन् ।

कोभिड–१९ विपत व्यवस्थापन समिति सीसीएमसीले भदौ १ गतेदेखि हुने भनिएको उद्धार उडान एकाएक रोक्ने निर्णय गरेसँगै यात्रु मारमा परेका छन् ।

सीसीएमसीले हिजो परराष्ट्र र पर्यटन मन्त्रालयलाई पत्राचार गर्दै उद्धार उडान रोक्न भनेको थियो ।

मुलुकमा कोभिड–१९ को संक्रमण बढ्दै गएको र होटल क्वारेन्टिनको व्यवस्था भइनसकेको भन्दै उद्धार उडान रोक्न सीसीएमसीले निर्देशन दिएको छ ।

घर फर्कन विमानस्थल पुगेका यात्रु सरकारको निर्णयका कारण आक्रोशित भएका छन् । यात्रु लिन पुगेको जहाज रित्तै फर्कने तयारीमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *