Main News

गृहमन्त्रीको पछुवा गाडीले स्कुटरलाई दियो ठक्कर, दुई जना घाइते

हिमालय टिभी
२०७७ भदौ २ गते १३:४५
गृहमन्त्रीको पछुवा गाडीले स्कुटरलाई दियो ठक्कर, दुई जना घाइते

२ भदौं, २०७७ काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको पछुवा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जना घाइते भएका छन् ।

भद्रकालीबाट माइतीघरतर्फ गइरहेका बेला बा १ झ ५५५४ नम्बरको प्रहरी भ्यानले बा ९४ प १०२९ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा स्कुटर चालक नुवाकोटको कविलास गाउँपालिका वडा नम्वर १ की लीला थापा र वर्षीया सुदा थापा घाइते भएको महानगरीय प्रहरी परिसरले जनाएको छ । दुवै जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

गृहमन्त्रीलाई लिन मन्त्री निवास पुल्चोक गइरहेका बेला प्रहरी भ्यानले स्कुटरलाई ठक्कर दिएको बताइएको छ । दुर्घटनाबारे बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *