Main News

राष्ट्रिय झण्डा जलाउनेका विषयमा प्रहरी अनुसन्धान शुरु

हिमालय टिभी
२०७७ भदौ २ गते १३:१२
राष्ट्रिय झण्डा जलाउनेका विषयमा प्रहरी अनुसन्धान शुरु

२ भदौ, २०७७ काठमाडौं । युटुबबाट सार्वजनिक गरिएको एक म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाइएको विषयमा प्रहरी प्रधान कार्यालयले अनुसन्धान शुरु गरेको छ ।

मंगोल होप नेपाल नामक युट्युब च्यानलबाट जातीय द्वेष फैलाउँदै राष्ट्रिय झण्डासमेत जलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएलगत्तै संलग्नहरुको खोजी सुरु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले जानकारी दिनुभयो ।

प्रवक्ता कडायतका अनुसार भिडियोमा देखिएका र त्यसको निर्माण पक्षमा सहभागी सबैको खोजी तीब्र पार्न देशभर सर्कुलर जारी गरिसकिएको छ ।

मुलुकी अपराध संहिता ऐनअनुसार राष्ट्रिय झण्डा जलाउने वा प्रयोग गर्नै नमिल्ने ठाउँमा प्रयोग गरिए र जातीय द्वेष फैलाउने कार्य गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

यसबाहेक भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली सहित विभिन्न दलका शीर्ष नेताको पनि तस्बीर जलाइएको छ ।

प्रहरीले यसलाई गम्भीरताका साथ लिएको भन्दै संलग्नमाथि कानूनी व्यवस्था बमोजिम कारवाही प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

प्रतिक्रिया

2 thoughts on “राष्ट्रिय झण्डा जलाउनेका विषयमा प्रहरी अनुसन्धान शुरु

  1. प्रहरी ले छिटै पक्राउ गरि कानुनि हिसाब ले youtube मा रहेको भिडियो पनि हटाउन पर्छ तेस्तो देश को झन्डा जलाउने लाई छिटै कार्बाही गर्नु पर्छ

Leave a Reply to Rikesh khabas Cancel reply

Your email address will not be published. Required fields are marked *