Main News

वीरगञ्जमा एक चिकित्सकसहित ६६ जना कोरोना संक्रमित थपिए

हिमालय टिभी
२०७७ भदौ २ गते १२:४८
वीरगञ्जमा एक चिकित्सकसहित ६६ जना कोरोना संक्रमित थपिए

२ भदौ, २०७७ पर्सा । वीरगन्जमा एक चिकित्सकहित ६६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा पर्साका ५५ र बाराका ११ जनामा संक्रमण देखिएको हो । थपिएका संक्रमित मध्ये २ जना लक्षणसहित नारायणी अस्पतालको आइसीयु कक्षमा उपचार गराइरहेका पनि छन्।

योसहित नारायणी अस्पतालकै एक कर्मचारी र वीरगन्ज विर्ताका एक डाक्टर पनि संक्रमित भएको कोभिड अस्थायी विशेष अस्पताल गण्डकका इन्चार्ज डाक्टर निरज कुमार सिंहले जानकारी दिनुभयो ।

संक्रमित मध्ये बाराका ४ महिला र ७ पुरुष तथा पर्साका १३ महिला र ४२ पुरुष छन्। संक्रमित हुनेमा पर्साको बहुदरमाई नगरपालिकाका एक स्वास्थ्यकर्मीकै कन्ट्याक ट्रेसिङ्गमा परेका २५ जना रहेका छन्।

त्यसै गरी मारवाडी एक महिलाको कन्ट्याक ट्रेसिङ्गमा परेका ८ जना र नेपाली कांग्रेसका नेता तथा पर्साका पूर्व जिविस सभापति जनार्दन सिंह क्षेत्रीको कन्ट्याक ट्रेसिङ्गमा परेका ४ जनामा पनि कोरोना पोजेटिभ भेटिएको नारायणी अस्पतालले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका पाँच सुरक्षाकर्मी र वडा प्रहरी कार्यालय विर्ताका २ जना सुरुक्षाकर्मीमा पनि संक्रमण देखिएको छ। थपिएका नयाँ संक्रमितसहित प्रदेश २ को पर्सामा संक्रमितको संख्या १ हजार ३ सय ७४ पुगिको छ।

बारामा भने संक्रमित संख्या ४ सय ४६ पुगेको छ। तर यो संख्या स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी रहेको नारायणी अस्पतालले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *