Main News
गण्डकीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७६४ पुग्यो
२०७७ भदौ २ गते ८:३६

२ भदौं, २०७७, पोखरा । गण्डकी प्रदेशमा आज थप ८ जना कोरोना संक्रमित थपिएका छन् ।
क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणपछि ८ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुने पोखरा महानगरपालिकाका ४, नवलपरासी पूर्व र बाग्लुङका २(२ जना रहेका छन् । पोखराका संक्रमित २३ दिख ५० उमेर समूहका छन् ।
त्यस्तै बाग्लुङका ६ वर्षका बालक र २५ वर्षीया महिलामा संक्रमण भएको छ ।
उता नवलपरासीमा संक्रमित दुबै महिला १४ र ३७ वर्ष उमेरका हुन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ७ सय ६४ पुगेको छ ।
प्रतिक्रिया