Main News

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि विराटनगरमा स्वाब संकलन स्थगित

हिमालय टिभी
२०७७ भदौ २ गते ८:१७
स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि विराटनगरमा स्वाब संकलन स्थगित

२ भदौ, २०७७ विराटनगर। विराटनगरमा दुई दिनदेखि कोरोना परीक्षणका लागि स्वाब संकलनको काम रोकिएको छ ।

स्वाब संकलनमा खटिएका विराटनगर महानगरपालिकाका स्वास्थ्यकर्मीहरुमा संक्रमणको जोखिम रहने भएकाले उनीहरु क्वारन्टिनमा बसेका छन् ।

सबै स्वास्थ्यकर्मीको स्वाब परीक्षण भइरहेको र त्यसको रिपोर्ट नआइसकेको हुँदा आइतबार र सोमबार स्वाब संकलनको काम हुन सकेन ।

विराटनगर महानगरपालिकाले दैनिक २०० जनाको हाराहारीमा स्वाब संकलन गर्ने काम गर्दै आएको थियो । आइतबार र सोमबार कन्ट्रयाक्ट ट्रेसिङमा परेका व्यक्तिहरुको परीक्षण रोकिएको छ ।

मंगलबार रातिसम्म सबै स्वास्थ्यकर्मीको रिपोर्ट आउने सम्भावना रहेको भन्दै महानगरका कन्ट्रयाक्ट ट्रेसिङ सुपरभाइजर हैदर अलीले त्यसपछि आगामी दिनको कार्ययोजना बनाएर काम थाल्ने जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *