Main News
चितवनमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि
२०७७ भदौ २ गते ७:४७
२ भदौं, २०७७, चितवन । चितवनमा भएको परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण देखिएको छ।
भरतपुर अस्पतालको कोरोना प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा चितवनका ४६ जनासहित ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सोमबार ३ सय ५५ जनाको नमुना परिक्षण गरेकोमा ५० जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ।
नयाँ संक्रमितमा चितवनका ४६ जना रहेका छन् भने बाराका दुई जना तथा मकवानपुर र गोरखाका एकएक जना रहेका छन्। नयाँ संक्रमितमध्ये सबैभन्दा बढी चितवनको राप्ती नगरपालिका–६ का ४२ जना छन्।
त्यस्तै भरतपुर महानगरपालिकाका ४ जना छन्। चितवनका संक्रमित १९ देखि ५५ उमेर समूहका छन् ।
प्रतिक्रिया