Main News

बस्ती सार्न हारगुहार गर्दागर्दै लिदीबासीलाई यसरी बगायो पहिरोले, बाँचेका भन्छन्–हामी हामफालेर मर्ने हो ? भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १ गते २०:३५
बस्ती सार्न हारगुहार गर्दागर्दै लिदीबासीलाई यसरी बगायो पहिरोले, बाँचेका भन्छन्–हामी हामफालेर मर्ने हो ? भिडियोसहित)

१ भदौं, २०७७ काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा रहेको लिदीमा शुक्रबार विहान पहिरोमा पुरिएका मध्ये १७ जना अझै फेला परेका छैनन् । लिदीका बासिन्दाले बस्ति सारिदिन आग्रह गरेपनि उनीहरुको आग्रह कसैले सुनेनन् । जसका कारण यस्तो दुखद् घटना भयो । आफन्त गुमाएर शोकमा रहेका लिदिका बासिन्दा अहिले पनि बस्ति सारिदिन हारगुहार गरिरहेका छन् ।

गत शुक्रबार बिहान गएको पहिरोले लिदीका बासिन्दाको आफन्त र घरखेत गुमाए । ५ वर्षदेखि बस्ति सार्न आग्रह गर्दै आएका उनीहरुले सरकारसँगको विश्वास पनि गुमाएका छन् । किन कि आफूहरुको आग्रह सरकारले नसुनेका कारण उनीहरुका आफन्तलाई पहिरोले पुरेको थियो । पहिरोमा सर्वस्व गुमाएकाहरुले अहिले सरकारसँग झिनो आश गरिरहेका छन् ।

र, उनीहरु बस्ति सारिदिन फेरि पनि सरकारलाई हारगुहार गरिरहेका छन् । पहिरोमा पुरिएर गम्भिर घाइते भएकी बुहारीको उपचारका लागि सिभिल अस्पतालमा आएका साङे दोर्जे लामाको मनमा शोक र पीडा मात्रै छ । त्यो पीडा बेलाबेलामा आँसु बनेर पोखिने गरेको छ ।

साङे लगायत लिदीका बासिन्दालाई बाउबाजेको थातथलो चटक्कै छोडेर अन्त जान मनै थिएन । त्यो हुर्किएको ठाउँ, बाउबाजेले छोडेको जमिनमै बस्न मन थियो । तर त्यै ठाउँले आफन्तको प्राण लिएपछि अब साङेको मन मरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले त्रिपाल, टेन्ट, म्याट्रेसलगायत सामग्री दिने निर्णय गरेको छ । तर बस्ति स्थानान्तरणको लागि सम्बन्धित निकायले केही पहल गरेका छैनन् । स्थानान्तरण गर्नूपर्ने जोखिमयुक्त बस्ति सार्न कसैले चासो नदिदाँ नागरिकमा आक्रोस बढ्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *