राष्ट्रिय परीक्षा बोर्डद्वारा माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक
१ भदौ, २०७७ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गरेको छ ।
बोर्डको बैठकले परीक्षाफल प्रमाणीकरण गरेपछि प्रकाशित गरिएको हो । यसवर्ष जिपिए छुट्याइएको छैन भने ग्रेडवृद्धि परीक्षा पनि नहुने भएको छ ।
सरकारको निर्णय अनुसार २०७६ को एसइइको विद्यालयले नै आन्तरिक मुल्याङ्कन गरेको थियो । विद्यालयको मुल्याङ्कनलाई बोर्डले प्रमाणिकरण गरी नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिनुभयो ।
बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसइइमा कुल चार लाख ८२ हजार नौ सय ८६ विद्यार्थीले आवदेन भरेकोमा विद्यालयबाट परीक्षाका लागि योग्य चार लाख ७२ हजार ७८ विद्यार्थीको प्रमाणित प्राप्तांक विवरण प्राप्त भएको बोर्डले जनाएको छ ।
कोरोना संक्रमणका कारण विद्यालयसमेत क्वारन्टिनका रुपमा प्रयोग भएकाले पहिले जस्तै गरी परीक्षा लिन नसक्ने अवस्था भएपछि मन्त्रिपरिषले २०७६ को एसइइमा विद्यालयले गरेको आन्तरिक मुल्याङकनका आधारमा ग्रेडसिट दिने निर्णय गरेको थियो ।
प्रतिक्रिया