Main News

नेपाल–भारत कूटनीतिक सम्वादले निरन्तरता पाउने आशाः परराष्ट्रविद् थापा

हिमालय टिभी
२०७७ भदौ १ गते १८:१३
नेपाल–भारत कूटनीतिक सम्वादले निरन्तरता पाउने आशाः परराष्ट्रविद् थापा

१ भदौ, २०७७ काठमाडौं । परराष्ट्रविद् डा. भेषबहादुर थापाले नेपाल र भारतबीच कूटनीतिक संवादले निरन्तरता पाउने आभास मिलेको टिप्पणी गर्नुभएको छ ।

पछिल्लो समय दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता हुनु र विकास निर्माण सम्बन्धी निकायबीच वार्ता हुनुले दुई देशबीच रहेको संवादहीनता अन्त्य भएको थापाको विश्लेषण छ ।

यसले संवादको सुरुवात मात्रै नभई समझदारीको नयाँ आधार खडा भएको समेत बताउनुभयो ।

सीमा विवादपछि नेपाल र भारतबीच संवादहीनता रहेको बेला आज नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र भारतका तर्फबाट भारतीय राजदूत विनयमोहन क्वात्राको अगुवाईमा विकास निर्माण सम्बन्धमा वार्ता भएको हो ।

यसअघि गत शनिबार भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदी बीच टेलिफोन संवाद भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *