Main News

काठमाडौं उपत्यकामा १६८ जना कोरोना संक्रमित, काठमाडौंमा मात्रै १३९ जना

हिमालय टिभी
२०७७ भदौ १ गते १७:०२
काठमाडौं उपत्यकामा १६८ जना कोरोना संक्रमित, काठमाडौंमा मात्रै १३९ जना

१ भदौ, २०७७ काठमाडौं । काठमाडौं उपत्यकामा थप १६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौंमा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयकाअनुसार सशस्त्र प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ६ जनामा कोरोना देखिएको छ । विध ल्याब ललितपुरमा गरिएको परीक्षणमा काठमाडौँका ६ जना , भक्तपुरका एक र ललितपुरका एक जनामा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए ।

वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंमा ११ जना, धुलिखेल अस्पतालमा काठमाडौंका दुई जना ,ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका ३ जना, काठमाडौंका १६ जनामा कोरोना संक्रमण देखिएको उनले बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २० जना, भक्तपुरका एक जना र ललितपुरका तीन जना कोरोना संक्रमित थपिएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा काठमाडौंका तीन जना, सुर्या हेल्थ ल्याब भक्तपुरका एक जना र काठमाडौंका एक जनामा कोरोना देखिएको छ ।

केमसी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका चार जना,भक्तपुरका एक जना र ललितपुरका एक जनामा कोरोना संक्रमण देखिएको उनले बताए ।

विरेन्द्र अस्पताल काठमाडौमा गरिएको परीक्षणमा काठमाडौंका सात जना, सोरिया अस्पताला गरिएको परीक्षणमा भक्तपुर एक जना र ललितपुर एक जना,स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा भक्तपुर २ , ललितपुर ३ र काठमाडौंमा सात जना, शुक्रराज ट्रपिकल तथा जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं २० जना, ललितपुरका चार र भक्तपुर दुई जना, त्रिवि शिक्षण अस्पतालमा भक्तपुरका एक, काठमाडौं ११ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १७, ललितपुर एक र भक्तपुर दुई जना र नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा काठमाडौं नौँ र ललितपुर दुई जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *