Main News

विराटनगर भन्सार कार्यालयका चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ भदौ १ गते १४:४२
विराटनगर भन्सार कार्यालयका चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

१ भदौ, २०७७, विराटनगर । विराटनगर भन्सार कार्यालयमा कार्यरत चार जना कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भन्सारका २० जना कर्मचारीको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये नापजाँच र कम्प्युटर शाखामा कार्यरत कर्मचारी रहेको तथा उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको भन्सार कार्यालयले जनाएको छ ।

विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरले कोरोना संक्रमण पुष्टि भएपछि भन्सार जाँचपासमा कार्यालयसँगै आफूहरुले पनि सतर्कता अपनाएको बताउनुभयो । आइतबारदेखि भन्सारमा भिड नियन्त्रण गरिएको छ । सुरक्षा सावधानी अपनाएर मात्र भित्र प्रवेश गराउने गरिएको छ ।

एजेन्ट र उनीहरुका प्रतिनिधिहरुले पनि सकभर घरबाटै अनलाइनबाट काम गर्ने र अति आवश्यक परे मात्र भन्सारमा कागजात बुझाउन जाने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *