राजनीति

नेकपा अध्यक्षद्वयले गठन गरेको ६ सदस्यीय कार्यदल सचिवालय बैठकबाट अनुमोदन

हिमालय टिभी
२०७७ भदौ १ गते १२:४७
नेकपा अध्यक्षद्वयले गठन गरेको ६ सदस्यीय कार्यदल सचिवालय बैठकबाट अनुमोदन

१ भदौ, २०७७ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले विवाद समाधानका लागि अध्यक्षद्वयले गठन गर्नुभएको कार्यदललाई अनुमोदन गरेको छ ।

पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले गत बिहीबार गठन गर्नुभएको कार्यदललाई नेकपा सचिवालयले अनुमोदन गरेको हो ।

अध्यक्षद्वयले गठन गर्नुभएको कार्यदललाई सचिवालयबाट अनुमोदन गर्नुपर्ने केही सचिवालयका सदस्यहरुले आग्रह गरेपछि आजको बैठकबाट सो निर्णय भएको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विवाद समाधानका लागि अध्यक्षद्वयको पहललाई सकारात्मक रुपमा लिँदै कार्यदललाई अनुमोदन गरिएको बताउनुभयो ।

‘‘सुरुमा पार्टीभित्र वैचारिक, नीतिगत र विधिगत विषयमा निष्कर्ष निकालेपछि मात्रै अरु विषयमा छलफल हुन्छ । अहिले मन्त्री परिवर्तन गर्ने, मुख्यमन्त्री परिवर्तन गर्ने विषयमा पार्टीमा केही छलफल भएको छैन ।’’

कार्यदललाई प्रभावकारी ढंगले काम गर्न सहज होस भनेर सचवालयमा अनुमोदन गर्नुपर्ने नेताहरुको सुझाव अनुसार अनुमोदन गरिएको उहाँले बताउनुभयो । कार्यदलले छिटोभन्दा छिटो पार्टी र सरकार सञ्चालनका लागि गर्नुपर्ने कामहरुको बारेमा सुझाव दिन सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

पार्टीका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलले संकट समाधानका लागि दिएका सुझाव परिमार्जनसहित अध्यक्षद्वयले सचिवालय वा स्थायी समितिमा पेश गर्ने उहाँले बताउनुभयो ।

संघीय सरकारका मन्त्री र केही प्रदेशका मुख्यमन्त्री परिवर्तन गर्ने तयारी हो ? भन्ने पत्रकारहरुको प्रश्नमा प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘‘सुरुमा पार्टीभित्र वैचारिक, नीतिगत र विधिगत विषयमा निष्कर्ष निकालेपछि मात्रै अरु विषयमा छलफल हुन्छ । अहिले मन्त्री परिवर्तन गर्ने, मुख्यमन्त्री परिवर्तन गर्ने विषयमा पार्टीमा केही छलफल भएको छैन ।’’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्